

सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ वीरेन्द्रनगर नगर महासंघको अध्यक्षमा झुमकली आचार्य निर्वाचित भएकी छन् । आज वीरेन्द्रनगरमा सम्पन्न वीरेन्द्रनगर नगर महासंघको तेस्रो अधिवेशनले आचार्यलाई सर्वसम्मत नगर महासंघ अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमल नेपाली, उपाध्यक्ष हस्तबहादुर बुढा, महासचिव, लिला सिजापती, कोषाध्यक्ष कमला चौधरी तथा सदस्यहरुमा निरु नेपाली,सन्तोष खत्री, मोहना चौधरी, विन्दु शाही, सन्तोषी विश्वकर्मा, प्रतिमा कार्की र ललि सिंजालीलाई निर्वाचित गरेको छ ।


अधिवेशनले सितली चौधरीको नेतृत्वमा ११ सदस्यीय वीरेन्द्रनगर नगर महिला उद्यमी समित निर्वाचित गरेको छ । अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा सपना चौधरी, उपाध्यक्ष सुमित्रा बस्याल, महासचिव कृष्णा विसी, कोषाध्यक्ष दिपा अधिकारी तथा सदस्यमा राधिका जिसी, विकरानी चौधरी, प्रतिमा चौधरी, भद्रकला सुनार र सवित्रा सुनारलाई निर्वाचित गरेको हो ।
अधिवेशनले ११ जना जिल्ला प्रतिनिधि समेत चयन गरेको महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले जानकारी दिए । उनले अधिवेशनमा नयाँ कार्यसमिति निर्वाचनका लागि निर्वाचन समितिका संयोजक अधिवक्ता नारायणप्रसाद कँडेल, ज्ञानेन्द्रबहादुर केसी र राधा श्रेष्ठ रहेको बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य तथा वरिष्ठ उद्यमी हरिशचन्द्र चलाउने, महासंघका प्रदेश उपाध्यक्ष विरबहादुर नेपाली, सचिव गिता खड्का, प्रदेश महिला समितिका महासचिव नन्दकलि राना, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देविलाल सापकोटा, प्रदेश सचिब गिता खड्का , प्रदेश वीरेन्द्रनगर नगरपालिका–६, नम्वर वडाका कार्यवाहक अध्यक्ष मिरा पन्त र राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।











