२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

घरेलु तथा साना उद्योग महासंघ हुम्लाको अध्यक्षमा मुकुन्द रोकाय निर्वाचित



सिमकोट । नेपाल घरेलु तथा साना उद्योग महासंघ हुम्लाको अध्यक्ष मुकुन्द रोकाय निर्वाचित भएका छन् ।

हुम्ला सदरमुकाम सिमकोटमा शनिबार सम्पन्न जिल्ला महासंघको दोस्रो अधिवेशनले रोकायलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रिम भण्डारी, उपाध्यक्ष डाँफु बोहरा, महासचिव छवाङ नर्वु लामा र कोषाध्यक्षमा छुनाम इसी लामालाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यमा तुयासरा बोहरा, पूर्णसिह परियार, मंगलो सार्की, उमिता बोहरा, सुशीला भण्डारी, सरस्वती भण्डारी, तुलसा भण्डारी र ज्ञानु भण्डारी निर्वाचित भएका छन् ।

अधिवेशनले लक्षु भण्डारीको अध्यक्षमा ११ सदस्यीय हुम्ला जिल्ला महिला उद्यमी समिति समेत निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कमला बोहरा रावत, उपाध्यक्ष लालकला परियार, महासचिवमा शान्तिकुमारी सिंह, कोषाध्यक्ष लक्ष्मी बोहरा, तथा सदस्यहरुमा जसमती बोहरा, बासुमती बोहरा, हाँसु परियार, डप्सी बोहरा, ज्योती बोहरा र उमिता बोहरा निर्वाचित भएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय प्रतिनिधि रामबहादुर भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समिति सदस्य सरिता रावतको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष सुरेश परियारलगायतले नवनिर्वाचित जिल्ला कार्यमितिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार
Translate »