२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

झुप्राखोला किनारमा बेवारिसे शव फेला



वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर–११, झुप्राखोला किनारमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

नामथर वतन नखुलेको पुरूष व्यक्तिको बेवारिसे लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

करिब ४० देखि ४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको लाश फेला परेको भन्ने खबर प्राप्त हुन साथ तत्काल सुब्बाकुना प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ज्योतिष सिंहको कमाण्डमा प्रहरी परिचालन गएिको थियो ।

थप आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा प्रहरी टोली खटाईएको हो । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन् ।

प्रहरीले घटना स्थलको प्रारम्भिक कार्य समाप्त पश्चात लाश  प्रदेश अस्पताल कालागाँउ सुर्खेतको शवगृहमा राखिएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार
Translate »