बबई प्रहरीद्वारा अबैध समान बरामद


छिन्चु सम्वाददाता । कर्णाली प्रदेश प्रवेशको मुख्य नाका बबईमा प्रहरीले चेकजाँचका क्रममा अबैध समान बरामद गरेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५, बबई चेकपोष्टमा प्रहरी सहायक निरीक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको प्रहरी टोलीले आज नियमित चेकजाँचका क्रममा ८३ हजार रुपैयाँ बढीको अबैध समान बरामद गरेको हो ।

नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका बिभिन्न नम्बरका सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याईएको बिल भरपाई नभएको अबैध समान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुपर पावर सुर्ती ६० पोका, स्वीट सुपारी ८५ पोका, कमला पसन्द १२० पोका, चिनी २०० किलो, जेन्स अन्डर वेयर १२९ पिस र माउन्टेन डिउ १२ बोतल रहेका छन् ।

