सुर्खेतमा एकैदिन अनैतिक कार्यमा संलग्न १३ जना पक्राउ


क्राइम सम्वाददाता/वीरेन्द्रनगर । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतका विभिन्न होटलबाट १३ जनालाई पक्राउ गरेको छ ।
सार्वजनिक हित स्वास्थ्य सुरक्षा नैतिकता बिरुद्ध उच्छृङ्खल गतिविधिमा संलग्न होटल सञ्चालक सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।
आम नागरिकको व्यापक गुनासोपछि प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ स्थित सञ्चालनमा रहेका भूमिका रेस्टुरेन्ट एण्ड लज, आँगन होटल र घिमिरे होटलबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अवस्थामा रंगेहात ती मानिसहरुलाई पक्राउ गरिएको जनाएको छ ।

नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले भूमिका रेन्टुरेन्ट एण्ड लजका सञ्चालक दैलेखको नौमुले गाउँपालिका–१, बस्ने बर्ष ५२ को भक्तिराम जैशी, सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–३, बस्ने वर्ष २६ को कबिप्रसाद पौडेल, जाजरकोट जिल्ला घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर बस्ने २६ वर्षिया दिक्षा ठकुरीसँगै वीरेन्द्रनगर–६, स्थित आँगन होटलबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, बस्ने २० वर्षको मनचन्द्र सार्की, सोही ठाउँकी १९ वर्षिया मनरुप सार्की, वर्ष १९ को कृष्ण सार्की तथा दैलेख गुँरास गाउँपालिका–३, बस्ने १९ वर्षिया हिमा बुढा क्षेत्रीलाई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ बस्ने ३४ वर्षिया देविका शाही एवं सुरेश होटल सञ्चालक सुर्खेतको बराहाताल गाउँपालिका–४ बस्ने २१ वर्षिया अमृता मगरलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
त्यस्तै घिमिरे होटल सञ्चालक वीरेन्द्रनगर नगरपालिका–६, का २७ वर्षिय कृष्णबहादुर घिमिरे, त्यहींबाट अछामको साँफेवगर नगरपालिकाका ४५ वर्षिय लोकबहादुर दियाली, १७ वर्षिया रितु थापा र कालिकोटको सान्नीत्रीवेणी गाउँपालिका–७, बस्ने वर्ष १५ को सञ्जु बिश्वकर्मा रहेको प्रहरीको भनाइ छ ।

