बाँकेको बाल सुधार गृहमा झडप हुँदा पाँचको मृत्यु, दुई घाइते


नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।
झडपमा दुई जना घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।

भेरी अस्पतालका एक डाक्टरका अनुसार उनीहरुलाई अस्पताल पु¥याउनु भन्दा पहिला नै मृत्यु भइसकेको थियो । गएराति सुधार गृहभित्र कैदीबन्दीबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको छ ।
घटनापछि बाल सुधारगृह र भेरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

