लोकतान्त्रिक विधिबाट निकास खोज्न एमालेको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्रीको राजीनामा पछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोज्नुपर्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

एमाले महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक संजालमार्फत् जारी गरेको विज्ञप्तिमा जेनजी पुस्ताको मागलाई संविधानसम्मत रुपमा सम्बोधन आवश्यक भएको उल्लेख गरिएको छ ।

परिणाममुखी संवादबाट मुलुकको सार्वजनिक सेवालाई सहजरपमा सञ्चालन गरी तीव्र विकासलगायत सुशासनका लागि पनि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति पौडेलले भूमिका खेल्नुपर्ने भन्दै एमालेले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

असामान्य स्थितिको मौका छापेर देशैभर लुटपाट, आगजनी र तोडफोड भइरहेको जनाउँदै एमालेले सर्वसाधारणको जिउधनको रक्षा गर्न नेपाली सेनालाई समेत आग्रह गरेको छ ।

विज्ञप्तिमार्फत एमाले पार्टीले जेनजीहरुको आन्दोलनमा भएका गतिविधिबाट सिर्जना भएको विषय परिस्थितिमा एकताबद्ध हुन सम्पूर्ण पार्टीका नेता तथा कायकर्तालाई आह्वान समेत गरेको छ ।

 

Translate »