कैदीहरुद्वारा नेपालगञ्ज कारागारमा आगजनी


बाँके। नेपालगञ्ज कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताए ।

देशका अन्य कारागारबाट जस्तै आफूहरु पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगञ्ज कारागारका कैदीहरुले आगजनी गरेका हुन् ।
अहलिे कारागारमा ठूलो सङ्ख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

