२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 7, 2026

काठमाडौंको सुन्धाराबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ



सुर्खेत । काठमाडौंको सुन्धाराबाट भागेका दुई जना कैदीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेन–जी आन्दोलनको फाइदा उठाउँदै काठमाडौंको जगन्नाथ देवल कारागार सुन्धाराबाट फरार रहेका सुर्खेतको लेकवेशी नगरपालिका–१०, का २४ वर्षिय शिवलाल घिमिरे, सर्लाहीको बागमती नगरपालिका–२, का १९ वर्षिय सागर तामाङलाई प्रहरीले आज वीरेन्द्रनगरको झुप्राबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घिमिरे जवरजस्ती करण (ज.ज.क) मुद्धामा र तामाङ चोरी मुद्धामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

जिप्रकाबाट सादा पोसाकमा खटिएका प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताए । उनले नियन्त्रणमा लिएरका दुबै कैदीलाई थप कैद भुक्तानका लागि जिल्ला कारागार सुर्खेत पठाईएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार
Translate »