२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

जाजरकोटको नलगाडमा जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते



जाजरकोट । जाजरकोटको नलगाडमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको कर्णाली प्रदेश ०२००१च–१२५५ नम्बरको जिप पोख्रामा जिप आज विहान दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको छन् ।

दुर्घटनामा घाइते भएका नलगाड नगरपालिका–५ , पोख्राका २२ ववर्षिय निसान वलीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) बसन्तकुमार शर्माले जानकारी दिए ।

उनले जिप दुर्घटनामा परी सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएको बताए । उनका अनुसार घाइतेमध्ये दुई जनालाई उपचारका लागि नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोटनगर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार
Translate »