२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १० घाइते



रुकुम पर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा सोमबार जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा आठबिसकोट–१ का १६ वर्षका टेकजंग बुढा, १५ वर्षकी कल्पना नेपाल, २८ वर्षकी सबिता विक, १५ वर्षकी दिलमाया बुढा, आठबिसकोट–२ की १७ वर्षकी मनिका ओली, १८ वर्षकी शर्मिला विक, २२ वर्षका गोपाल ओली र आठबिसकोट–३ की कमला ओली रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा आठबिसकोट–१ की १७ वर्षकी सिर्जना बुढा, १५ वर्षकी सपना नेपाल, १८ वर्षकी जुना बुढा, १७ वर्षकी संगीता बुढा, १९ वर्षकी शान्ति बुढा, १७ वर्षकी अञ्जना ऐरी, २० वर्षकी महिमा ओली, १७ वर्षकी मनिषा थापा, १५ वर्षकी सबिता विक र मुसिकोट–२ का चालक टोपजंग बुढा रहेका छन् ।

घाइतेमध्ये जुना बुढालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने बाँकी नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिए । मृतक र घाइते सबै एक कार्यक्रममा सहभागी भएर गाउँ फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो । जिपमा २१ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार
Translate »