२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

सुदूरपश्चिमको लगातार जित, चितवन ४९ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

चितवन राइनोजलाई ४९ रनले पराजित गर्दे सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले खेलेका सबै ६ खेलहरु जितेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको डे–नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

१७० रनको लक्ष्य पाएको चितवनले १ं७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार
Translate »