सुर्खेतमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली


सुर्खेत । सुर्खेतमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा र्याली निकालिएको छ ।
मानव अधिकार दिवसको पूर्व संध्यामा आज सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको मंगलगढी चोकदेखि शुरु भएको मानवअधिकारकर्मीको र्याली जिल्ला समन्य समितिको हलमा पुगेर सभामा परिणत भएको हो । ‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’ भन्ने नारा साथ शुरु भएको र्यालीको मानअधिकार रक्षक कर्णाली प्रदेश संयोजक पिताम्वर ढकालले उद्घाटन गर्नु गरेका हुन् ।

गैरसरकारी संस्था महासंघ सुर्खेतको समन्यवयमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा निकालिएको र्यालीमा सहभागीहरुले लैगिंक हिंसा अन्त्यको सुनिश्चिततालगायत विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
जिल्ला समन्वय समितिको हलमा भएको सभालाई ईन्सेक कर्णाली प्रदेश प्रमुख नारायणप्रसाद सुवेदी, मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्की, एकल महिला समूह कर्णाली प्रदेश अध्यक्ष ममता नगाल एवं गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले मानवअधिकार रक्षाका लागि आ–आफ्ना विचार राखेका थिए ।
र्यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।

