२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

कर्णालीका चार जिल्लाबाट आठ जनाले उम्मेदवारी फिर्ता लिए



सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णालीका विभिन्न जिल्लाबाट उम्मेदवारी मनोनयन दर्ता गरेका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

कालिकोटबाट ४ जना, सल्यानबाट २ जना, हुम्ला र डोल्पाबाट १/१ जनाले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईका अनुसार कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका सोही पार्टीका केन्द्रीय सदस्य जीवनबहादुर बुढा, नेपाली काँग्रेसका बागी उम्मेदवार भूपेन्द्रजंग शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै सल्यानबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामीले उम्मेदवारी लिर्ता लिएका छन भने हुम्लाबाट मितेरी नेपाल पार्टीका जयबहादुर शाही र डोल्पाबाट मितेरी नेपाल पार्टीकै उम्मेदवार जुनु भण्डारीले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार
Translate »