रेक्चामा छिट्टो पानी पु-याऊँ !


पछिल्लो समय नेपालका गाउँवस्तीमा जलवायु परिवर्तनको असर सिधै देखिन थालेको छ । बढ्दो जनसंख्या बृद्धिसँगै प्राकृतिक स्रोतसाधन माथिको अव्यवस्थित उपभोगले पानीका स्रोतहरु सुक्दै सक्दै जाँदा त्यसको प्रत्यक्ष असर नागरिकको दैनिकीमा देखा गर्न गएको हो । अहिले शहरमा मात्र होइन, सुदूर गाउँवस्तीमा समेत पिउने पानीको अभावले आम जनजीवनमा असर देखा पर्न थालेका हुन् । जलवायु परिवर्तनको असरले पानी स्रोतहरु मानिसदेखि टाढाँ–टाढाँ भईरहेका छन् । कुनैबेला पर्याप्त पानी पुग्ने पुरानो वस्ती पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५,रेक्चा गाउँ पानी व्यवस्थापनका लागि चौकीदार राख्नु पर्ने अवस्था आएको छ । भएको थोरै पानी सबैलाई पु¥याउन सहज होस् भन्ने उद्देश्यले गाउँका कुवामा चौकीदार राख्नु परेको हो । चौकीदाकै निगरानीमा स्थानीयले आफूलाई भाग परेको पानी लिन बाध्य छन् । यसअघि पानीको चरम अभावबाट पिल्सिएका धेरैले थातथलोनै छोडिसकेका छन् ।

पानी अभावकै कारण १० वर्षको अवधिमा ५० प्रतिशत स्थानीय गाउँबाट अन्यन्त्र बसाइँ सरिसकेका छन् । त्यहाँ गाईवस्तुको लागि पनि पर्याप्त पानी छैन । ७० घरधुरीका लागि १८ वटा कुवा रहेकोमा हाल १० वटाबाट मात्र पानी निकाल्ल्न मिल्छ । अरु जीर्ण छन् । । रेक्चाबासीलाई खानेपानीकै अभावकै कारणले अहिले गाउँमा ७० घरधुरी मात्र छन् । यस्तो विशेषम परिस्थितिलाई मध्यनजर गर्दै अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धित निकाय बेखबर हुनु दुःखद् पक्ष हो । रेक्चा गाउँमा भइरहेको पानीको समस्याबारे सबै निकाय जानकार भएपनि दिर्घकालिन समस्या समाधानका लागि पहलकदमी लिने मान्छेको अभावमा स्थानीयले सास्ती भोग्दै छन् । अहिले त्यहाँ भएको पानीमा पनि भ्यागुता, सर्पको बासस्थान बनेको छ । यस्तो विषम् अवस्था हुँदा पनि कसैले चासो नदेखाउनु भनेको राज्यका निकाय गैरजिम्मेवार छन भन्ने नै हो ।
कादुरी नामक संस्थाले रेक्चा गाउँमा पानीको समस्या समाधान गर्न केही समयअघिबाटै डिप बोरिङ खन्ने तयारी गरेपनि मेसिन पुगाउने सडक नहुँदा काम अघि बढ्न सकेको छैन् । गाउँमा विद्युत् नपुग्दा पनि डिप बोरिङ गर्ने कामसमेत हुन सकेको छैन । यस्तोमा राज्यका निकायको आँखा नपुग्नु आफैमा दुःखद् पक्ष हो । त्यसैले तत्काल सम्बन्धित पक्षले रेक्चा गाउँमा पानी पु¥याउने मात्र होइन, अब त्यहाँको स्थायी समाधानका लागि पहल गर्नु पर्दछ । मानवलाई चाहिले आधारभूत पानी जस्तो सम्वेदनशील चीजमा राज्य वेखबर बन्नु हुँदैन् । ढिलै भएपनि त्यहाँका नागरिकको आवश्यकतामा आधारित पूर्वाधार निर्माणका कामहरुमा अब तीव्रता दिनै पर्छ । राज्यले दिनु पर्ने नागरिकको माग र आवश्यकतालाई सम्वोधन गर्न अब ढिलाई गर्नु हुँदैन् । रेक्चा गाउँमा यथाशक्य छिटो पिउने पानीको स्थायी समाधानका लागि स्थानीय पालिका र प्रदेश सरकारले विशेष कदम चाल्नु पर्दछ ।

