२०८३ भदौ ११ , बिहीबार
Sky News Nepal
August 27, 2026

कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



सुर्खेत ।  कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

तीन जना मन्त्री थपिएसँगै कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको सत्ता सहकार्यमा बनेको सरकारमा उनीहरु तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका थिए ।

अब तीनै जना महिला मन्त्री नियुक्तिसँगै कर्णाली प्रदेश सरकारका सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ ।

 

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार
Translate »