२०८३ भदौ २३ , मंगलबार
Sky News Nepal
September 8, 2026

सिम्ताका कर्मचारी र जनप्रतिनिधिद्वारा कार्यालय परिसरको सरसफाई



सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले कार्यालय परिसरको सरसफाई गरेका छन् ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पु¥याएको अपूर्णिय क्षतिका कारण आज (भदौ २२) गते राष्ट्रिय शोक दिवस र निजामती कर्मचारी दिवस एकैदिन पर्न गएकाले सार्वजनिक विदाको सदुपयोग गर्दै कर्मचारी र जनप्रतिनिधि मिलेर पालिका कार्यालय परिसरको सरसफाइ गरेका हुन् ।

सार्वजनिक विदाको सदुपयोग गर्दै कार्यालयलाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ कर्मचारी र जनप्रतिनिधिहरुले स्वतःस्फूर्त रुपमा सरसफाई कार्यमा भाग लिएको पालिकाका सूचना अधिकारी टोपबहादुर रानाले जानकारी दिए ।

उनले मुख्य प्रशासनिक भवन वरपर रहेका झारपातहरु गोडमेल, संकलन गरिएको फोहोरलाई कुहिने र नकुहिने वर्गीकरण गरी उचित विसर्जन गरिएको बताए ।

उनका अनुसार यस्ता रचनात्मक कार्यले सेवाग्राहीहरुलाई समेत सकारात्मक सन्देश दिने र स्वच्छ वातावरणमा सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । विदाको समयलाई सदुपयोग गर्दै कर्मचारी र जनप्रतिनिधिहरुले ‘स्वच्छता नै सेवा हो’ भन्ने भावनालाई समेत चरितार्थ गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
Translate »