२०८३ भदौ २३ , मंगलबार
Sky News Nepal
September 8, 2026

पहिरोले तीनदेखि अवरुद्ध सुर्खेतखण्डको कर्णाली राजमार्ग सुचारु



सुर्खेत । पहिरोले तीनदेखि अवरुद्ध सुर्खेतखण्डको कर्णाली राजमार्ग सुचारु भएको छ ।

आइतबार साँझ कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा सडक माथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग दुई दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारु भएको हो ।

दुई दिनदेखि लगातार पहिरो खस्ने क्रम जारी रहेको हुँदा तत्काल काम गर्न जोखिम रहेकाले पहिरो हटाउन समय बढी लागेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

अन्दाजी १५ मिटर माथिबाट १५ मिटर सडकखण्डमा पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय दैलेखबाट आएको लोडर र सडक डिभिजन कार्यालय सुर्खेतको संयुक्त प्रयासबाट अपट्यारो ठाउँको पहिरो हटाएर अहिले दुईतर्फी नै राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार उक्त स्थान प्रहरी चौकी बड्डिचौरदेखि अन्दाजी १७ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
Translate »