

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशन अन्त्य गर्न सिफारिस निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साउन २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्यानी खडकाले जानकारी दिईन् ।
प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार











