२०८३ असोज १ , बिहीबार
Sky News Nepal
September 17, 2026

तिलमा औषधिय गुण : महत्व बढ्दै, उत्पादन घट्दै



सुर्खेत । हिन्दु धार्मिक र सांस्कृतिक परम्पराहरुमा तिलको ठूलो महत्व रहेको छ । अझ भन्नुपर्दा हिन्दूधर्म संस्कारअनुसार गरिने हरेक क्रियाकलापहरुमा तिल नभइनहुने वस्तु हो । त्यसैगरी तिललाई मसलाको रुपमा पनि प्रयोग गरिन्छ । तिल लाभदायक खाद्यपदार्थ हुनुका साथै औषधिका रुपमा यसको प्रयोग गरिन्छ ।

पछिल्लो समय रैथाने कालो तिलको धार्मिक, सांस्कृतिक र स्वास्थ्यगत महत्व उच्च भएपनि व्यावसायिक उत्पादनतर्फ किसानको आकर्षण घट्दा यसको खेती क्रमशः कम हुँदै गएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा कालो तिल फाटफुट रुपमा मिश्रित बालीका रुपमा खेती हुँदै आएपनि व्यावसायिक उत्पादनतर्फ किसानको आकर्षण बढ्न नसक्दा यसको खेती क्रमशः घट्दै गएको हो ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका–स्थित गमगढीको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंका अनुसार रैथाने कालो तिल मुगुको परम्परागत बाली हो । अहिले पनि केही किसानले अन्य बालीसँगै मिश्रित रूपमा यसको खेती गर्दै आए पनि व्यावसायिक रूपमा उत्पादन गर्ने चलन भने छैन । ‘रैथाने कालो तिल जन्म, मृत्यु लगायतका धार्मिक संस्कारमा अत्यावश्यक मानिन्छ ।
यसको धार्मिक महत्व धेरै भए पनि अहिले खेती गर्ने क्रम घट्दै गएको छ,’ उनले भने । स्थानीय उत्पादन घट्दै गएपछि पूजाआजा तथा उपभोगका लागि बाहिरबाट ल्याइएको तिलको तेल प्रयोग गर्ने क्रम बढेको पुजारी चौलागाईंले बताए ।
यसले स्थानीय रैथाने कालो तिलको संरक्षणमा थप चुनौती थपिएको उनको भनाइ छ । स्थानीय समाजसेवी हरिकृष्ण ऐडीले रैथाने कालो तिल लोप हुने अवस्थामा पुगे पनि यसको संरक्षण र प्रवद्र्धनमा पर्याप्त चासो नदिइएको बताए ।
‘हाम्रो परम्परागत रैथाने कालो तिल विस्तारै हराउँदै गएको छ । यसको संरक्षण र प्रवद्र्धनका लागि सम्बन्धित निकायले चासो दिनुपर्छ । किसानलाई प्रोत्साहन गरी उत्पादन बढाउन सके रैथाने बालीको संरक्षणसँगै स्थानीय किसानको आम्दानीसमेत बढाउन सकिन्छ,’ ऐडीले भने ।
स्थानीयवासीका अनुसार खेतीयोग्य जमिन बाँझिँदै जानु, तिल खेतीलाई व्यावसायिक बनाउन नसक्नु र किसानको प्राथमिकता अन्य बालीतर्फ बढ्नुजस्ता कारणले रैथाने कालो तिलको उत्पादन घट्दै गएको हो ।
रैथाने कालो तिलको धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्वलाई संरक्षण गर्दै यसको उत्पादन र प्रवद्र्धन गर्न स्थानीय तहले बीउ संरक्षण, किसानलाई प्रोत्साहन, प्राविधिक सहयोग र बजारीकरणमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
जाडो मौसममा गाउँघरतिर शरीरलाई न्यानो खानेकुरामा बढी जोड गर्छन् । खास गरी तिललाई लड्डु, हलुवा, बर्फी तथा चामलमा मिसाएर खाने गर्दछन् । तीमध्ये बहुउपयोगी चीज हो, कालो तिल । माघे संक्रान्ति पर्वमा नेपालीहरु तिलको सेवन गर्ने गर्दछन् । यसको सेवनले शरीरलाई सक्रिय बनाउनुका साथै जाडो मौसममा ऊर्जा दिने रहेको अनुसन्धानले देखाएको छ ।
कालो तिल खानुका फाइदाहरु
१. तिलमा धेरै प्रकारका प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन डी, बी कम्प्लेक्स लगायत कार्बो हाइट्रेड तत्व प्रचुर मात्रामा पाइन्छ । तिलमा रहेको सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यसले क्यान्सरका कोषिकाहरुलाई बढ्नबाट रोक्ने गर्दछ । यही कारणले तिलको सेवनले मानिसलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्यूकेमिया, प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ ।
२. यस्तै तिलको सेवनले हृदयघात, मुटुकको रोग, धमनीकलाकाठिन्य (atherosclerosis)को सम्भावना कम रहन्छ । यसलाई सख्खरसँग मिलाएर खाएमा रुखा निको हुन्छ ।
३. तीलमा मोनो–स्याचुरेड फ्याटी एसिड पाइन्छ जसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्ने गर्दछ । मुटु रोगीका लागि यो बहु उपयोगी हुने गर्दछ । साथै तिलमा नियासिन नामक भिटामिन रहेको हुन्छ जसले मानिसलाई तनाव, मानसिक दुर्बलतालाई हटाउने गर्दछ ।
५. प्राचीन समयमा शरीरलाई सुन्दर राख्नछ र छालालाई चम्काइ राख्न तिलको तेल प्रयोग गरिन्थ्यो । किनकी यसमा भाइरस, एजिङग तथा ब्याक्टेरिया रहेको हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई रक्षा गर्ने काम गर्छ । यसकारण तिलको तेल पनि स्वास्थ्यका दृष्टिकोणले अति उत्तम मानिन्छ ।
६. तिललाई नियमित दूधमा सख्खर मिलाएर सेवन गरेमा सास फुल्ने समस्या निको हुनुका साथै छाला चाउरिने समस्या निको हुन्छ ।
७. बादाम, नरिवल, मेवा र पीपलको पातसँग मिलिएर नियमित तिलको सेवन गर्नाले शरीरमा पाचन शक्ति मजबुत हुने गर्छ ।
८. तिलको लडडु बनाएर बालबालिकालाई खान दिएर राति सपनामा पिसाब गर्ने रोगबाट मुक्त हुन्छ ।
९. तील,मेथी र बेसारसँग मिलाएर खाएमा आर्थराइटिसको समस्या देखिदैन ।
१०. जाडो मौससमा तीलको तेल सेवन गर्नाले डायबिटीजका बिरामीलाई धेरै नै लाभकारी हुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार
Translate »