२०८३ असोज २ , शुक्रबार
Sky News Nepal
September 18, 2026

सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने उद्देश्यले वीरेन्द्रनगरको पदमपुर चोकमा टीएमएस ग्रुपको सेवा शुरु



सुर्खेत । टीएमएस ग्रुप प्रालिले सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर स्थित पदमपुर चोकबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।

विहीबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले उक्त सेवाको विधिवत उद्घाटन गरेका हुन् । उनले उक्त संस्थालाई बधाई तथा सफलताको शुभकामना दिँदै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन स्थानीय स्तरमा शुरु गरिएको सेवामुखी कार्यको सुरुवात सकारात्मक पक्ष भएको बताए ।

उक्त अवसरमा राष्ट्रिय समाचार समितिका कर्णाली प्रदेश संयोजक सुरबहादुर सिंहलगायतको सहभागिता रहेको थियो । टीएमएस ग्रुपका फाउण्डर चेयरपर्सन त्रिलोकमणि त्रिपाठीले आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रणालीलाई अझ सरल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले रहेको बताए ।

उनले सेवा प्रदायक र सेवाग्राहीबीच सहज समन्वय कायम गर्दै आम नागरिकलाई आवश्यक सेवाहरुसम्म पहुँच पु¥याउनु कम्पनीको मुख्य उद्देश्य रहेको जनाए ।

‘आगामी दिनमा नेपालका विभिन्न स्थानमा सेवा विस्तार गर्ने, सदस्यता प्रणालीलाई व्यवस्थित बनाउने र स्थानीय व्यवसाय तथा सेवा प्रदायकहरुलाई जोड्दै डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्राथमिकता दिनेछौं,’ उनले भने, ‘कम्पनीले सर्वसाधारण, व्यवसायी तथा विभिन्न सेवा आवश्यकता भएका व्यक्तिहरुलाई व्यवस्थित, भरपर्दो र सेवामुखी सेवा उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’

उनले डिजिटल माध्यमबाट स्थानीय व्यवसायलाई जोड्ने योजना कम्पनीको रहेको बताए । कार्यक्रममा टीएमएस ग्रुप प्रालिका निर्देशक अञ्जली विकले कम्पनीको आगामी यात्रामा ग्राहक, व्यवसायी, सेवा प्रदायक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूबाट निरन्तर सहयोग र सुझावको अपेक्षा गरिन् ।

उनले आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रणालीलाई सरल र पारदर्शी बनाईने दावी गरिन् । त्यस्तै कम्पनीका अर्का निर्देशक तुलसा विकले स्थानीय व्यवसाय तथा सेवा प्रदायकलाई एकापसमा जोड्दै डिजिटल माध्यमबाट सेवा प्रवाहलाई छिटो, छरिता र भरपर्दो बनाउन कम्पनीले छिट्टै आकर्षक योजनाहरु समेत ल्याउने बताईन् ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार
Translate »