२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 21, 2026

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा वृक्षारोपण



सुर्खेत । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय, सुर्खेतको व्यवस्थापनमा उक्त वृक्षारोपण कार्यक्रम गरिएको हो ।

आइतबार विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परिसरमा पारिजात, कल्कीफूल, कपुर, वीरेन्द्रफूल, गुलमोहर, मयुरपंखी लगायतका सदाबहार सौन्दर्यमूलक प्रजातिका विरूवाहरू रोपण गरिएको डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताए ।

उनले वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, विश्वविद्यालय परिवार, विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत कर्मचारीहरू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको जनाए ।

उनका अनुसार यस अलावा प्रदेशका विभिन्न स्थानहरुमा पनि डिभिजन वन कार्यालय तथा स्थानीय तहहरुको संयोजनमा वृक्षारोपण कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

यसैवीच संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको कार्यालय परिसरमा पारिजात, कल्कीफूल, कपुर, वीरेन्द्रफूल, गुलमोहर, मयुरपंखी लगायतका सदाबहार सौन्दर्यमूलक प्रजातिका विरूवाहरु रोपण गरिएको डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
Translate »