२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

पहिलो गणतान्त्रिक सरकारले नै कर्णाली समृद्धीको आधार तयार पारेको हो : संयोजक दाहाल



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिको खाका तयार पारेको बताएका छन् ।

लेखक डा दीपेन्द्र रोकाय र मोहनदास मानन्धर ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक शनिवार विमोचन गर्दै उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको शुरुआत गरेको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि बताए ।

उनले हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको स्मरण पनि गरे । उनले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको समेत बताए ।

‘पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पु¥याउन र तराईका अन्नबाली कर्णाली पु¥याउन अप्ठ्यारो छैन,’ उनले भने, ‘रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो । रासस

प्रकाशित मिति : २०८३ कात्तिक २३ गते आइतबार
Translate »