२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 14, 2026

कोरोना सचेतना



  1. कोरोना सचेतना
    कोरोना कोरोना भन्ने त्राश रहयो जनमानसमा
    स्वास्थ्यकर्मी स्टयान्डबाई छन कोभिड परिवेशमा
    आफ्नो भन्दा हेरचाह गरेकाछन मिठो मुस्कान साथमा
    दर्शन अनि बिन्ती गरौं हार्दिक धन्यवादमा
    दैनिक योगा, शारिरीक ब्यायाम नियमित अभ्यासमा
    स्वास्थ्यको उचित हेरबिचार घरकै एक आपसमा
    प्रकृतिको सुन्दर स्वच्छ नेपाल विश्व परिवेसमा
    हाम्रो देशमा जस्तो जडिबुटि पाउन्न है विदेशमा
    देशको रकम जोगाऔं लगानी हुनेछ विकाशमा
    सभ्य भई सहयोग गरौं व्यक्ति एक आपसमा
    सगरमाथा झैं उच्च शिर झूक्दैन् कुनै हालतमा
    म होईन हामी हौं है सुखी समृद् नेपालमा
    हामी आफैपनि पावरफुल छौ जुनसुकै परिवेशमा
    रुघाखोकी, हल्का ज्वरो लक्षण छ है यसमा
    सुरक्षित रहनलाई सचेत रहौं कोभिड परिवेशमा
    हात मिलाउनु भन्दा उत्तम दर्शन नमस्कारमा
    हेलचक्रयाई नगरौ है देउसी भैलीको आवेशमा
    कोभिड भन्ने दिनदिनै हराउँदैं गईराछ नेपाली आकाशमा
    दिपावली २०७७ को अवसरमा सुःस्वास्थ्य तथा दिर्घायु उत्तरौंत्तर प्रगतिको शुभकामना ।
    (दिपेन सिंह ठकुरी, वीरेन्द्रनगर सुर्खेत हाल लेवनान शान्ती मिसन देखि )
प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार
Translate »