गौहत्याको विरोधमा प्रदर्शन

१८७ गाईगोरु नेपालगञ्ज फिर्ता पठाइयो

सुर्खेतको वीरेन्द्रनगरमा गौहत्या गर्नेलाई कारबाही को माग गर्दै शनिवार दबाव पूर्ण ¥याली निकालिएको छ । नेपालगन्जबाट दैलेख पठाएको भनिएका गाई गोरु सुर्खेतको वीरेन्द्रनगरका कटकुवा र बिउरेनी नजिक गरि करिब दुई दर्जनको हाराहारीमा गाइगोरु मृत भेटीएपछि कारबाहीको माग गर्दै दबाबमूलक प्रदर्शन गरिएको हो । पशु अधिकारकर्मी, प्रहरी प्रशासन र सरोकारवाला समेतले यसबारे छानविन् समिति बनाई दोषी उपर कडा कारबाही गर्न चौर्तफी विरोध भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–१४, कटकुवा क्षेत्रमा छाडिएका मध्ये जीवित ८० वटा गाईगोरुलाई शुक्रबार रातीनै नेपालगन्ज तर्फ पठाईएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेत निमित्त प्रमुख डिएसपी रवि रावलले नेपालगञ्ज उपमहानगरपालिकाले ट्रकको भाडा व्यहोर्ने गरि हालसम्म १ सय ६७ वटा गाईगोरु नेपालगञ्ज पठाईएको सकिएको जानकारी दिए । ‘बाँकी चौपायाहरु पनि फिर्ता लिने प्रक्रिया सुरु भएको छ’ उनले भने, ‘जंगलमा छोडिएका गाईगोरु प्रहरी र ट्राफिकले खोजेर पठाउने छ ।’ प्रहरीले पाँच वटा ट्रक र तिनका चालकलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए ।

‘गौहत्या’ छानबिन गर्न समिति गठन
नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएको छ । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ५ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ । गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Translate »