सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा खत्री

भदौं २८, सउल (दक्षिण कोरिया) ।
सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा लोकेश खत्री चयन भएका छन् । सुर्खेत समाजको शनिबार सउलमा सम्पन्न सातौं अधिवेशनले अध्यक्ष खत्रीसहित नौ सदस्यीय नयाँ कार्यसमितिलाई चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्ष पुस्कर बुढाथोकी, उपाध्यक्ष कृष्ण पौडेल, महासचिव रमेश कुमार आचार्य, सचिवमा बखत थापा, कोषाध्यक्ष प्रेम देवकोटा तथा सदस्यहरुमा पिआर खनाल, अशोक बिसी र नविनकुमार बटालालाई चयन गरेको छ ।


अधिवेशनमा समाजसेवी तुलशकुमार गुरुङको सभापतित्व, समाजका पू्र्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मीनारायण बस्नेतको प्रमुख आतिथ्यतता र कोषाध्यक्ष विरेन्द्र बिसीले अघिल्लो कार्यसमितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए । नवनिर्वाचित समाजका अध्यक्ष लोकेश खत्रीले दक्षिण कोरियामा रहेका प्रवासी नेपालीहरुलाई एकजुट बनाएर हक, हित र अधिकारका लागि काम गर्ने बताए । उनले समाज थप विस्तार गरि गतिशील बनाउन आफुले सक्दो प्रयत्न गर्ने जिकिर गरे । त्यस्तै अधिवेशनले हिमाली टाइम्स डटकमका कार्यकारी सम्पादक दिपेन्द्र हमाललाई सम्मान गरेको छ । पत्रकारिता मार्फत सुर्खेत समाजको हरेक कार्यहरुमा साथ र सहयोग गरेको भन्दै सञ्चारकर्मी हमाललाई सम्मान गरिएको बताईएको छ । सुर्खेत जिल्लाबाट रोजगारी लगायतका विभिन्न उद्देश्य बोकेर दक्षिण कोरिया पुगेकाहरुको संस्था ‘सुर्खेत समाज दक्षिण कोरियाले ‘सबैलाई माया र सम्मान, सुर्खेती हुनुको पहिचान’ भन्ने नारा लिएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Translate »