२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सवारी दुर्घटनामा १ जनाको मृत्यु, दुई घाइते



असोज १८, सुर्खेत ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७, गोकुलपुरमा अटोले पैदलयात्रीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । जहरेबाट मेहेकुनातर्फ जाँदै गरेको भे१ह–२५३१ नम्वरको अटोले ठक्कर दिँदा गम्भीर घाइते पैदल यात्रु ५२ वर्षिया बैशाखि परियारको उपचार क्रममा शनिबार भारतको लखनऊमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शक्रबार भएको दुर्घटनामा घाइते दुबै जनाको मेहलकुना अस्पतालबाट सामान्य उपचारपछि घर फर्किसकेका छन भने अटो चालक प्रेमबहादुर विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिबार
Translate »