विषादी मिलाईएको वीउ आलुको अचारले ‘फुड प्वाईजन’

प्रदेश अस्पतालमा ३३ मध्ये ९ जनाको उपचार हुँदै

स्काई न्यूज /असोज २३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३३ जना बिरामी मध्ये ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ । स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको विषादी मिलाईएको वीउ आलुको अचारले ‘फुड प्वाईजन’ भएर राप्रसादका परिवार तथा दशैंको टिका लगाउन आएका उनका पाहुना सहित विरामी परेका हुन् ।

दशैंको भोजमा अचार खाएलगत्तै बुधबार विहानदेखि नै बिरामी परेका उनीहरुलाई विषादी मिलाईएको वीउ आलुको अचारले ‘फुड प्वाईजन’ भएको हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले आशंका गरे । उनले अचार बनाउन प्रयोग भएको विषादी मिलाएको वीउ आलु तथा गाईवस्तुको मलमुत्रमा पाईने व्याक्ट्रीरिया हरियो काँक्रामा संक्रमण गरि ‘फुड प्वाईजन’ भएको हुने सक्ने बताए । संक्रमित अचार नष्ट गरिसकेकाले घटनास्थलबाट परीक्षणका लागि नमूना संकलन गर्न नसकिँदा ‘फुड प्वाईजनको यकिन कारण पत्ता लगाउन नसकिएको उनको भनाई छ । उनले घटनास्थल अनुगमन तथा विरामी परेकाहरुसँगको सोधपुछका आधारमा विषादी मिलाएको वीउ आलुको अचारले ‘फुड प्वाईजन’ भएको आकलन गर्न जिकिर गरे ।


यता उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । फुड प्वाईजनबाट विरामी भएका मध्ये धेरैजसोको उपचारपछि घर फर्किसकेका छन भने ९ जनाको कर्णाली प्रदेश अस्पतालमा सघन उपचार भईरहेको छ । प्रदेश अस्पतालका डाक्टर यामप्रसाद शर्माले अस्पालमा भर्ना भएको सबैको स्थिती सामान्य बन्दै गईरहेको जनाए । उनका अनुसार कसै–कसैमा फुड प्वाईजनको असर ५ दिनसम्म देखा पर्न सक्छ ।

Translate »