२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 11, 2026

फुड प्वाईजनले विरामी परेकाहरु उपचारपछि घर फिर्ता



असोज २४, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएर विरामी परेका ३३ जना सबै  उपचारपछि घर फर्किसकेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ । स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको भोजमा ‘फुड प्वाईजन’ भएर राप्रसादका परिवारसहित उनका आफन्तहरु विरामी परेका थिए । अचार खाएलगत्तै बुधबार विहानदेखि नै बिरामी परेका उनीहरुलाई झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको थियो ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले अचार बनाउन प्रयोग भएको विषादी मिलाइएको वीउ आलु तथा गाईवस्तुको मलमुत्रमा पाईने व्याक्ट्रीरिया हरियो काँक्रामा संक्रमण गरि ‘फुड प्वाईजन’ भएको हुने सक्ने अनुमान गरे । उनले घटनास्थल अनुगमन तथा विरामी परेकाहरुसँगको सोधपुछका आधारमा विषादी मिलाएको वीउ आलुको अचारले ‘फुड प्वाईजन’ भएको बताए । यद्यपि घटनामा संक्रमित अचार नष्ट गरिसकेकाले घटनास्थलबाट परीक्षणका लागि नमूना संकलन गर्न नसकिँदा ‘फुड प्वाईजनको यकिन कारण भने पत्ता लगाउन नसकिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रबार
Translate »