भाईटिकाको भोलिपल्ट सार्वजनिक विदा
स्काई न्यूज / कार्तिक ७, काठमाडौं ।
सरकारले तिहारको भाइटीको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले किजापूजाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को यही कार्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक विदा हुने भएको छ।