२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

नेपालगञ्जको बीपी चोकमा आगलागी



स्काई न्यूज / कार्तिक ७, बाँके

नेपालगञ्जको बीपी चोक नजिकै भीषण आगलागी भइरहेको छ। बिहिबार साँझ लागेको आगो नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका २ वटा, कोहलपुर नगरपालिका र नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका १/१ वटा गरी चारवटा दमकलको सहयोगमा सुरक्षाकर्मीहरु खटिएका छन् । स्रोतका अनुसार फर्निचर पसलमा विद्युत सर्ट भई आगलागी सुरु भएको अनुमान गरिएको छ।

आगलागीबाट हालसम्म चारवटा पसलमा क्षति पुगेको छ। बीपी चोक नजिकै पेट्रोल पम्प भएका कारण आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय थप सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले गुलरिया नगरपालिकाबाट थप दुईवटा दमकलसमेत बोलाइएको बताए  बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक वली, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापालगायतका व्यक्ति पनि आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेका छन्।

प्रकाशित मिति : २०७६ कात्तिक ७ गते बिहीबार
Translate »