२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

सरकारको फितलो अनुगमनले श्रमिक हेपिए



स्काई न्यूज /कार्तिक २३, सुर्खेत ।
कर्णालीका श्रमिकले श्रम ऐन तथा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारको फितलो अनुगमनले समस्या हुने गरेको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेश संगठन कमिटीले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले मर्यादित श्रमका लागि सरकारी स्तरबाट गरिएका प्रयासहरु अपर्याप्त भएकै कारण श्रमिकलाई हेप्ने प्रवृत्ति बढेको आरोप लगाएका हुन् ।


भेलालाई जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज विदुर कार्कीले मर्यादित कामका चार खम्बा मध्ये काम, ज्याला, कार्यथलो एवं सामाजिक सुरक्षाको बारेमा सहभागि श्रमिकलाई प्रशिक्षित गरेका थिए । उनले टे«ड युनियन मजदुर पक्षिय हुने हु“दा स्वतन्त्रता, श्रमिक आधारित समाजवादी लक्ष्य राख्ने भएकाले आपसी एकता आवश्यक रहेको औल्याए ।

जिफन्ट प्रदेश कमिटी, घटक यूनियनका प्रदेश कमिटी, पालिका कमिटी र इकाई कमिटी पदाधिकारी सम्मिलित भेलाको अध्यक्षता प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले गरेका थिए । अध्यक्ष जिसीले युनियन व्यवस्थापन, परिचालन, श्रमिकको मुख्य अधिकार तथा युनियन गतिविधिबारे सहभागिलाई जानकारी गराए । उनका अनुसार आगामी दिनहरुमा संगठन कमिटीले श्रमिक एक्यवद्धताका लागि नया“ अभियान संचालन गर्नेछ ।

प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार
Translate »