२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

अक्षयको अपिल–‘बलिउडमा ड्रग्सको समस्या छ, तर सबैलाई नजोडौ’



नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो मौनता तोड्दै यो बिषयमा भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संकृतीलाई विश्वमाझ पुर्याउने कामगरेका छौ । जब–जब देशका जनताको भावनाको कुरा आउँछ, हामीले त्यसलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने कोशिश गरेका छौ ।’ अक्षयले बलिउडसँग जोडिएको ड्रग्सको मुद्दामा भने–‘हिजोआज ड्रग्सको बारेमा खुबै कुरा हुने गरेको छ । दिलमा हात राखेर बलिउडमा ड्रग्सको समस्या छैन भनेर म झुटो बोल्न चाहन्न । तर, हरेक मानिस यसमा जोडिएको छ भन्ने हुँदैन । ड्रग्स एउटा गम्भिर मुद्दा हो र मलाई आशा छ कानुनले यो बिषयमा गम्भिर तरिकाले अनुसन्धान गर्नेछ ।’ अक्षयले हात जोडेर अपिल गर्दै भने–‘पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिनुहोला । यो गलत हुन्छ । मलाई मिडियाको शक्तिमाथि पनि विश्वास छ । मिडियाले आवाज उठाउन छाड्नु हुँदैन, तर संवेदनशीलतालाई छाड्नु हुँदैन ।’(अनलाइन खबर)

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार
Translate »