प्रकाश र अस्मिताको ‘पिरतीको भिषा

निर्देशक शम्भु धितालको निर्देशनमा ‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ । यो गीतमा शम्भु धिताल र मेलिना राइको स्वर, शम्भुकै शब्द तथा संगीत छ । भिडियोमा रमा थपलिया र शम्भु धिताललाई पनि देख्न सकिन्छ । प्रविण भट्टको सम्पादन रहेको भिडियोमा करण छिसिरको छायांकन छ । समाजमा देखिएको जातीयताको मुद्दालाई यो गीतले उठान गरेको छ । (अनलाइन खबर)

Translate »