२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

हरिवंशले कोरोना संक्रमण भयो भने पछि म त झसङ्ग भए – मदनकृष्ण श्रेष्ठ



कात्तिक १८,काठमाडौं ।
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदैसम्म कोरोनाबाट बचाउँन मद्दत पुर्‍याउने बताएका छन्। हरिवंश आचार्यसँग सुटिङको बेलासगैँ भएपनि आफूहरूले मास्क लगाउन नछोडेकोले संक्रमण हुनबाट जोगिएको अनुभव सामाजिक संजालमा सेयर गरेका हुन्। कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन, उनले भनेका छन्, मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍यायो। त्यसैले साबुन पानी, स्यानीटाइजर र सामाजिक दूरीका साथै मास्क लगउन बिषेश ध्यान दिन जरुरी छ। उनलाई असोज २० गते संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि हरिवंश आचार्य र उनकी श्रीमती रमिला पाठक होम आइशोलेशनमा बसेका थिए, १७ औँ दिनमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

श्रेष्ठले हरिवंशलाई कोरोना पोजेटिभ भैसकेको कुरा हरिवंश आफैलाई पनि थाहा नभएको बताए।उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुवैजनाले यस बिषयमा कुरै नगरे पछि हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन शंकासम्म पनि नहुनु स्वभाविकै थियोु, उनले भने, सुटिङको दौरानको भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो भनेपछि एक छिन म पनि झसंग भएं। श्रेष्ठको स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखा नपरे पनि सतर्कताका साथ घरैमा आईसोलेशनमा बसेको बताए। एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए। हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्का सम्म पनि नहुनु स्वाभाबिकै थियो । हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं । (थाहा खबर)

प्रकाशित मिति : २०७७ कात्तिक १८ गते मंगलबार
Translate »