२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

नेपाली फिल्म ‘आइसक्रिम’ ले अफ्रिकामा पायाे २ अवार्ड



कात्तिक २३,काठमाडौं ।
नेपाली सर्ट फिल्म ‘आइसक्रिम’ ले अफ्रिकामा २ अवार्ड जितेको छ। संगीता श्रेष्ठको उक्त फिल्मले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको हो। शनिबार राति घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड हात पारेको हो। नोभेम्बर तीनदेखि सुरु भएको फेस्टिभलको पहिलो दिन नै फिल्म स्क्रिनिङ भएको थियो। अवार्ड पाएको आफू निकै उत्साहित भएको निर्देशक संगीता श्रेष्ठले बताएकी छिन्। फिल्मले अवार्ड जित्ला भन्ने आशा नै नभएको बताउँदै उनले अवार्ड पाएपछि एकदम खसशी भएको बताइन्। फिल्ममा बाल यौन हिंसाको विषय उठाइएको छ। योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ। (नेपाली पब्लिक)

प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार
Translate »