राजसँग नजिकिएपछि फेरिएकी वर्षा

नायिका वर्षा सिवाकोेटी र कलाकार राज कटुवाल विगत केही महिनादेखि प्रेममा छन् । नायिका पुजा शर्माको माध्यमबाट राज र वर्षाको भेट भएको थियो । यसपछि, पनि यी दुइको सम्बन्ध बलियो बनेको हो ।

उसो त, राज र वर्षाले प्रेम सम्बन्धलाई स्विकार गरेका भने छैनन् । तर, प्रेममा रहेर पनि स्विकार नगर्ने परिपाटी त नेपाली चलचित्रका धेरै कलाकारमा छ ।

नायिका वर्षा सिवाकोेटीले कोेही व्यक्तिको साथ भयो भने जीवनमा धेरै सहज हुने रहेछ भनेर आफूले चलचित्र क्षेत्रकै धेरै कलाकारलाई हेरेर वुझेको बताएकी छिन् । उनले भनिन्–‘कतिपय ठाउँमा तत्काल निर्णय लिनुपर्छ । कतिपय अवस्थामा भने के गर्ने भनेर निर्णय लिन नै सकिदैन । यस्तो, समयमा एक जना मानिस आफ्नो अभिभावक जस्तै होस् भन्ने सोच आउने गर्दथ्यो । मैले राजलाई पाएपछि धेरै कुराहरु शेयर गर्ने मौका पाएकी छु ।’

राजको आगमनले आफूलाई करिअर अगाडि बढाउन पनि निक्कै सहज भएको वर्षाले बताइन् । यस्तै, कलाकार राज कटुवालले वर्षासँग नजिक भएपछि आफूले काम अझै धेरै गर्नुपर्ने रहेछ भनेर वुझेको बताए । आफूले काम गरेपनि सक्रिय रुपमा नलागेको उनकोे तर्क छ । अहिले भने आफूलाई काम गर्न जोश आएको राजले बताए । राज र वर्षाले २ वटा म्युजिक भिडियोमा पनि एकसाथ काम गरिसकेका छन् ।(अनलाइन खबर)

Translate »