२०८३ कात्तिक २० , बिहीबार
Sky News Nepal
November 5, 2026

मलिका र कुन्साङको ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक



नायिका मलिका महत र मोडल कुन्साङ बोम्जोनको जोडीलाई दर्शकले म्युजिक भिडियोमा रुचाइरहेका छन् । यो जोडी रियल लाइफमा पनि प्रेममा रहेको चर्चा चलेपनि दुबैले मिल्ने साथी मात्र भन्दै आएका छन् । मेकरहरुले पनि यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाइरहेका छन् ।

यसैविच, गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वरमा समावेश ‘तिम्ले देको गलबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मलिका र कुन्साङलाई फिचरिङ गरिएको हो ।

बिनोद बन्जरा र राजनराज सिवाकोटीको शब्द रहेको यो गीतमा राजनराजकै संगीत छ । राजेश पूमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।(अनलाइन खबर)

प्रकाशित मिति : २०७८ कात्तिक १२ गते शुक्रबार
Translate »