भिरबाट लडेर किशोरीको मृत्यु

हुम्ला ।  जिल्लाको सिमकोट गाँउपालिकाकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको  छ । वनमा पशु चराउने क्रममा सिमकोट गाँउपालिका वडा नम्बर ८ की १७ बर्षिया सुस्मिता शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार दिउसो बनमा लगाईएका पशुहरु फर्काउन जाँदा शाहिको भिरबाट लडेर मृत्यु भएको आफन्तले बताए ।

शाही स्थानीय कर्णाली माबिमा कक्षा ११ अध्यायन गर्दै आएकी थिइन  ।

Translate »