कोहलपुरमा आगलागीबाट चार पसल नष्ट


बाँके । कोहलपुर नगरपालिका–३, मदानेचोकमा आगलागीबाट चार वटा पसल नष्ट भएका छन् । गएराती करिब १२ बजेतीर चार वटा पसलमा आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

घरभेटी तारा योगीको घरमा कपडा, कस्मेटिक, किराना र स्टेशनरी गरी चार वटा पसलहरू सञ्चालनमा थिए । उक्त पसलहरूमा आगलागी भएको मदनचोकका स्थानीय लिला पाण्डेले जानकारी दिए ।
नेपालगन्ज र बर्दिया बाँसगढीबाट झण्डै डेढ घण्टा पछि आएको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले आगलागी घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

