सरकारमा रहेका पार्टीहरुले नै जनतालई निराशा बाँटिरहेका छन् : एमाले नेता कँडेल

दैलेख । नेकपा एमालेका नेता यामलाल कँडेलले सरकारमा रहेका पार्टीहरुले नै जनता माझ निराशा बाँटिरहेको बताएका छन् । एमाले आठबीसनगर कमिटी दैलेखले आयोजना गरेको बृहत पार्टी कार्यकर्ता भेलामा बोल्दै नेता कँडेलले सरकारमा रहेका सबै राजनीतिदल र प्रधानमन्त्री जस्ता व्यक्तिले नै जनतालाई निराशा बाटिरहेको आरोप लगाएका हुन्।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता कँडेलले भने, ‘सरकारमा रहेका प्रधानमन्त्रीले जनताका माझमा निराशा, अराजक फैलाइरहेका छन् । भाषण गर्दा सुर लागेकाबेला २ लाख मान्छे जम्मा गरेर सडकमा जान्छु भन्दैछन् । सरकारको कुर्सीमा बस्ने फेरी सडकमा जाने धङधङीको कुरा गर्दा अर्कोले पनि सडकको कुरा गरे के होला ? । त्यसैले अब जनता कसैको धाक धम्कीले तर्सिनेवाला छैनन् ।’

उनले द्वन्द्वकाबेला जे भन्दा आफुतिर आकर्षक हुन्छन् त्यसैगरी राज्य वितरण गरे जस्तै अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा बसेका बेला माओवादीलाई जिताएपछि जातिका आधारमा प्रदेशको नामाकरण गर्छु भन्दा नेपाली काँग्रेस टुलुटुलु हेरेर बसेको जिकिर गरे ।
गणतन्त्रकाविरूद्व कानेखुसी नभए शंखघोष गरेर सडकमा उत्रिरहेको बेला सरकार मुकदर्शक बनेर बसेको उनको भनाइ छ ।