‘जय नेपाल’ भन्दै जब डडेलधुराबाट ओलीले देउवालाई फोन गरे…


काठमाडौं । सङ्कल्प यात्रामा निस्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको गृह जिल्ला डडेलधुराबाट ‘जय नेपाल’ भन्दै टेलिफोन संवाद गरेका छन् ।
‘जय नेपाल डडेलधुरा गन्यामधुराको छेवैबाट फोन गरेको हु,’ सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा ओलीले भनेका छन्, ‘यहाँ राम्रै छ, तपाईँको जिल्लामा आएको बेलामा यसो सम्झेको नि ।’
निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए । नागरिक न्यूज ।

सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दे ओलीले लेखेका छन्–
सुन्दर डडेलधुरा !!
मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो । धन्यवाद शेरबहादुरजी !

