हिमपातले मुगुको जनजीवन कष्टकर

मुगु । मुगुमा एक साता यता अत्यधिक चिसो बढ्नुका साथै मौसममा बदली आई गएराती देखी वर्षा र हिमपात हुन थालेपछि मुगु लगायत हिमाली जिल्ला हरूको जनजीवन कष्टकर बनेको छ ।

गएराति देखि आकाशमा बाक्लो बादल लाग्नुका साथै उच्च हिमाली भेगका नेपालकै ठुलो र प्रसिद्ध राराताल, चुचेमारा मिली मुर्माटप लगायतका ठाउँहरूमा भारी हिमपात भएको छ । गमगढी लगायत मुगु जिल्लाका सबै बस्ती हरूमा एका बिहानै देखी वर्षा र हुन थालेपछि चिसो अत्यधिक बढेर जनजीवन कष्टकर बन्दै गएको हो । चिसोका कारण रुघा, खोकीका बिरामीहरू जिल्ला अस्पतालमा ठिनीमा उपचारका लागि आउने सङ्ख्यामा वृद्धि भएको जिल्ला अस्पताल मुगुले जनाएको छ । चिसोले विशेष गरि दम रोगी, र बुढाबुढी बढी प्रभावित भएका छन् । चिसो निकै बढेपछि उत्तरी करान भेगका लेकाली बस्तीमा बसोबास गर्ने लामा समुदायका मानिसहरू चितै कुना, सिरानी चौर, पुलु ,तिर झरेका छन् । मुगु हिमाली जिल्ला भएकाले हिउँद ऋतुमा अत्यधिक जाडो हुँदा बाल बच्चाहरूमा निमोनिया र श्वासप्रश्वासका रुघा, खोकीको समस्या गाउँ बस्तीमा बढेर गएको बताइएको छ ।

चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धा महिला पुरुषहरू बढी प्रभावित भएका छन् । भने अर्को तिर बेलैमा वर्षा र हिमपात सुरु भएकाले हिउँदे बाली जौ, गहुँ , नाफल, उवा, लगायतका बाली सप्रने कृषकहरूले विश्वास गरेका छन् । मुगुका उच्च हिमाली भेगहरू रारा, चुचेमारा, मुर्माटप, चेखेली, मालिका, घुच्चि, दोल्फु, मुगु, लखु, कालामुल लगायतका उच्च हिमाली भेगमा हिमपात भएको हो । छायाँनाथ, मुर्माटप, लचुचेमारा, तलिलेक, घट्टललेक लगायतका उच्च लेकाली बस्तीहरूमा हाल भीषण हिमपात भइराखेको छ । वर्षा र हिमपातले जनजीवन कष्टकर बनेपनि किसानहरू भने बाली जाली सप्रने भएकाले खुशी भएका छन् ।

Translate »