ओलीलाई नौ वर्षीय बालकको प्रश्न : हामी पनि पेट पाल्न विदेश जानै पर्ने हो ?


सुर्खेत । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ मा निस्किएका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ बर्षीय बाललले एक पत्र थामाउँदै गंभिर प्रश्न गरेका छन् ।
एमाले अध्यक्षले ओलीले फेसबुक मार्फत सार्वजनिक उक्त पत्रमा गुर्भाकोट नगरपालिका– १०, भेडाभारी सुर्खेतका किशोर पौडेलले ओलीलाई दिएको चिठीमा हामी युवा हुदा पनि पेट पाल्न विदेश जानै पर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन् ।

‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ । ओलीले उक्त चिठीबारे फेसबुकमा लेखेका छन् ।


