विद्यापुरमा रक्तदाता सचेतना कार्यक्रम

सुर्खेत । पश्चिम सुर्खेतको विद्यापुरमा रक्तदाता सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा विद्यापुर र लायन्स क्लव अफ सुर्खेत बुललुलेको आयोजनामा आज विद्यापुरको जनता माविमा रक्तदाता सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल रेडक्रस उपशाखा विद्यापुरका सभापति मोतिप्रसाद सापकोटा को सभापतित्वमा र नेपाल रेडक्रस शाखा सुर्खेतका मन्त्री चेतन सुवेदीको प्र्रमुख आथित्यततामा भएको कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत बुललुलेका अध्यक्ष तिलकराम अधिकारीले रक्तदान महादान भएकाले सबैलाई रक्तदान कार्यक्रममा सहभागि हुन आग्रह गरे ।

उनले शहरीयाबासीलाई ग्रामीण क्षेत्रका नागरिक पनि रक्तदान गरेर मानव सेवाका उदाहरणिय बन्न सक्छन भन्ने संदेश वर्तमान प्ररिप्रेक्षमा अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा बर्दिया जिल्लाका सर्वाधिक रक्तदाता प्रेमप्रसाद लम्मसाल, रामप्रसाद सापकोटालगातले पहिलो पटक पञ्चपुरी नगरपालिकाको सालकोटा स्थित शिवशक्ति धाममा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएकोले रक्तदान गरेर पुण्य कमाउन आग्रह गरे ।

रक्तदान कार्यक्रममा नेपालका सर्वाधिक रक्तदता (१७६) औं पटक रक्तदान दिने प्रेमसागर कर्माचार्य र कर्णाली सर्वाधिक रक्तदान दिने (८०) औं प्रवासकुमार शाक्य लगायतको सहभागिता रहने आयोजकले जनाएका छन् ।

Translate »