प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउँदै

 

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै छन् । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज सुरु हुन लागेको छ । आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‍घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी कैलाली निर्वाचन क्षेत्र नम्वर ५, का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् ।   प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौं फर्किने छन् ।

Translate »