खेलको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको छ : मन्त्री लिम्बु

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल जगतको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी रहेको औल्याए । सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको मन्त्री लिम्बुको भनाई छ । ‘खेलाडीको मनोबल उच्च राख्न सरकार सधैं लागिपरेका छौं,’ उनले भने, ‘अहिलेको युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न जरुरी छ ।’

मन्त्री लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिँडिरहेको उल्लेख गरे । आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको भन्दै उनले जनअपेक्षा अनुरूप काम गर्न सक्दो प्रयास भने गरिरहेको बताए ।

 

Translate »