कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलको उपाधि सल्यानलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न फाइनल खेलमा सुर्खेतलाई ३–२ को सेटले पराजित गर्दै सल्यान विजेता बनेको हो । सल्यानसँग पराजित भएको सुर्खेत उपविजेतामा सीमित हुँदा रुकुम पश्चिम तेस्रो स्थान हासिल गर्न सफल भयो ।

आगामी पुसमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सोही टिमबाट खेलाडी छनोट गरिने कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । विजेता खेलाडीलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले मेड र ट्रफी प्रदान गरे ।

कर्णाली प्रदेश भलिबल संघको आयोजनामा मङ्सिर २१ गतेदेखि प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुर्खेतमा भएको थियो ।

Translate »