प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
गजुरेलले २० मंसिरमा राजीनामा दिएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

गजुरेलले पार्टीको काममा केन्द्रित हुने उद्देस्यले मुख्य सल्लाहकारको पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्षको माघ ९ गते आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गरेका थिए ।

Translate »