नेपाल प्रहरी श्रीमती संघद्धारा राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन

 

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका समितिका पदाधिकारीहरुले दैलेख जिल्ला स्थित भैरबी गाउँपालिका वडा नम्बर ५ कागेतडामा बसोबास गर्दै आईरहेका लोपन्मुख राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

राउटे समुदायका १७ महिला र ३९ पुरूष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्नुको साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा (कम्बल), १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफूलसमेत वितरण गरिएको थियो ।

श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले भनिन् ‘सेवा भावले अग्रपंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएको हुँदा शिविरको आयोजना गरिएको हो ।’ उनले मौसम परिवर्तन सँगै जाडो मौसमको सुरूवात भई रहेकोअवस्थामा राउटे समुदायको फरक जिवनशैली र पुरा शरिर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा (कम्बल)समेत वितरण गरिएको जानकारी दिईन् ।

त्यसैगरी स्वास्थ्य शिविरबाट सम्पुर्ण राउटे समुदायले आजका दिनबाट बिरामी हुनासाथ स्वास्थ्य जाँच गराउनु पर्ने रहेछ भन्ने कुराको चेतना वृद्धि हुने र यस समुदायका मुखियाले स्वास्थ्य प्रति सचेत रहन सबैलाई जानकारी गराउने अपेक्षा पनि यस कार्यक्रमको उद्देश्य रहेको बताईन् । कार्यक्रममा कुँवरले स्वास्थ्य शिविर आजोजना गर्न सहयोग गर्नुहुने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान समेत गरेकी थिईन् ।

निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा संघकी अध्यक्षलगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह–कोषाध्यक्ष श्रीमती कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू,भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाही, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरू र संचारकर्मी समेतको उपस्थिती रहेको थियो ।

Translate »